Comments Add Comment

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशन सम्पन्न

इलाम। इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशनको अध्यक्षमा  प्रेम सापकोटा अध्यक्ष चयन भएको छ। 

उपाध्यक्षमा  दिव्या भट्टराई, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल, कोषाध्यक्षमा कमला बाँस्कोटा रिजाल चयन हुन्।

सदस्यहरूमा सुशिला सापकोटा, देवेन्द्र शंकर, श्रीमती शारदा उप्रेती पराजुली, उमेशचन्द्र महत, खेमसागर खनाल, दिनेश श्रेष्ठ, गणेश घिमिरे, तथा सिर्जना श्रेष्ठ रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा केचना कञ्चनजंघा पर्यटन प्रवर्द्धन समितिका कार्यकारी प्रमुख केशव धौरालीको उपस्थिति रह्यो। प्रमुख अतिथि धौरालीले इलाम क्षेत्रको अपार पर्यटकीय सम्भावना औंल्याउँदै स्थानीय तह, सरोकारवाला निकाय र समुदाय बीच समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा इलामको पर्यटन क्षेत्रको संरक्षण, प्रवर्द्धन र समृद्धिका लागि समितिको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। 

अधिवेशनमा बोल्ने वक्ताहरूले इलामको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको बताए।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ