Comments Add Comment

नारी बलात्कृत हुन्छे, भगवान चुपचाप हेर्छ !

पन्ना अनेक, चित्र एक
         ✍️नैना अधिकारी 

एउटा मन्दिर
जहाँ स्त्री बलात्कृत हुन्छे
र भगवान चुपचाप
उभिएर हेर्छ !
मरिसकेको थियो ऊ
धेरै पहिले
अहिले जीवित छ
नारीहरूको बलात्कार हेर्न।

एउटा संस्कृति
जसमा योनिमा भासिएको लिङ्ग
भगवानको प्रतीक हो

बलात्कारीहरूका लागि अत्यन्त सुविधाजनक हो।

एउटा समाज
जहाँ गेरुवा वस्त्रधारी मुखियाले
रामनामी ओढेका दलालको सहयोगमा बलात्कारीलाई
आफ्नो पछाडि 
लुकाउन सक्छ
अथवा कुरान वा टेस्टामेन्टले
छोपिदिन सक्छ
बलात्कारीको अनुहार।

एउटा धर्म
जसको भग्नावशेषमाथि 
कुनै अधबैँसेको वीर्यले लतपत बालिकाको 
शव लडेको छ
अनि
प्यारपिट्मा झन्डा फरफराइ रहेको छ।

- -----------         ---------                    ----------------     --

यस्ता कविता लेख्ने कवि नैना अधिकारीलाई जन्मदिनको हार्दिक शुभकामना !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ