Comments Add Comment

पूर्वप्रधानमन्त्री खनाल र मसाल महामन्त्री सिंहबीच वामपन्थी एकताका विषयमा संवाद 

काठमाण्डौं।  पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबिच भेटघाट भएको छ । 

सोमबार बिहान वनस्थलीस्थित सिंहको निवासमा दुई नेताबिच पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको बताइएको छ । ‘उहाँहरूबिच यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका दक्षिणपन्थी भड्काउहरूका विषयमा चर्चा र छलफल भयो’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भनेका छन् । 

भट्टराईले वामपन्थीहरू क्रान्तिकारी धारमा अगाडि बढ्नुपर्ने समयमा ठुला भनिने वामपन्थी पार्टीहरू नै दक्षिणपन्थी भड्काउमा लागेको प्रति दुवै नेताले चिन्ता व्यक्त गरेको पनि बताए । साथै उनीहरूले वाम पार्टीहरू मोर्चा हुँदै एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ