Comments Add Comment

सल्यानबाट तुल्सीपुर आउँदैगरेको जीप दुर्घटना, नौ जना घाइते

तुलसीपुर । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका नौजनामध्ये छ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते कपुरकोट गाउँपालिका–५ की ६२ वर्षीया भीमा बुढा, सोही ठाउँकी ६७ वर्षीया मञ्जिता बोहोरा, १५ वर्षीया सपना बुढाथोकी, ३८ वर्षीय विजय बुढाथोकी, कपुरकोट गाउँपालिका–४ का ४६ वर्षीया सीता बुढा, कपुरकोट गाउँपालिका–६ का गारेलाल बोहोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर

दुर्घटनामा घाइते कपुरकोट गाउँपालिका–५ की ६२ वर्षीया भीमा बुढा, सोही ठाउँकी ६७ वर्षीया मञ्जिता बोहोरा, १५ वर्षीया सपना बुढाथोकी, ३८ वर्षीय विजय बुढाथोकी, कपुरकोट गाउँपालिका–४ का ४६ वर्षीया सीता बुढा, कपुरकोट गाउँपालिका–६ का गारेलाल बोहोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

त्यस्तै घाइते तीनजनाको राप्ती प्रादेशिक अस्तपाल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमा कपुरकोट गाउँपालिका ५ का ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र आठ वर्षीया रोशनी महतारा रहेको प्रहरीले जनाएको छ । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ज १६३७ नम्बरको जीप आइतबार दिउँसो करिब १ बजेतिर कपुरकोट गाउँपालिका–३ लामिडाँडामा दुर्घटना भएको थियो । गाडी अनियन्त्रित भई सडकबाट करिब ४ मिटर तल खसेको थियो ।

गाडी चालक कपुरकोट गाउँपालिका–५ रिमका ३७ वर्षीय ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा १२ जना थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ