Comments Add Comment

महाराष्ट्रमा रेलबाट खसेर गयो चारको ज्यान, नौ जना घाइते

काठमाण्डौं। यात्रुहरू रेलबाट खस्दा कम्तीमा चारजनाले ज्यान गुमाएका छन् भने नौजना घाइते भएका छन् । उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेसन नजिकै भएको हो, जुन मुम्बई सहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ ।

रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए ।

स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चारजनाको दुःखद निधन भएको छ । गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ । हाल सातजना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन् ।

मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यसलाई रेल ठोक्किने दुर्घटना नभई अत्यधिक भीडका कारण भएको घटना भएको स्पष्ट पारे ।

प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ । साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ