Comments Add Comment

लिग २ का लागि परेनन् कुशल र देव, शहाब, रुपेश र शुभलाई अवसर

काठमाण्डौं। नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ का लागि २५ खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाली टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक अन्तिम २५ मा स्थान बनाउन सकेनन्। यस्तै देव खनाल पनि दोस्रो चरणमा परेका छैनन्।

रोहित पौडेलको कप्तानीमा नेपाली टोली रहने छ। दि कोर क्याम्पमा ४ टोली बनाएर प्रतियोगिता गरिएको थियो। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले ५२ खेलाडी पहिलो चरणमा छनोट गरेको थियो। निलो, हरियो, रातो र पहेंलो टोली बनाएर मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा भएको थियो।

नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुगेपछि यो प्रतियोगिता आयोजना गरिएको थियो। हिजो क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगामी मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको थियो। आईसीसी क्रिकेट वल्ड कप लिग टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ।

दोस्रो चरणमा २५ खेलाडी रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, दिपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, रिजन ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकार छनौट भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ