Comments Add Comment

सडक भासिएर गाडी नै गायब, तीन दिनसम्म परेन फेला

मकवानपुर । सडक भासिँदा बेपत्ता भएको माछा बोक्ने ना.४च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) तीन दिन बित्दा पनि फेला परेको छैन । गाडी भासिएको हेटौँडा उपमहानगरपालिका– १६ र १७ सीमानजिकै गैरीगाउँको उक्त सडकमा पानीको दह बनेको छ ।

घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा शुक्रबार रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो । तर, जग लगाएर निकाल्ने क्रममा एक्कासी सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।

गाडीका चालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए । भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए ।

गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँचवटा पोखरी र बोरिङसमेत छ । राईले नै दुवै व्यवसाय गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ