काठमाण्डौं। राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ ४ गतेदेखि कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। त्यसको लागि बोर्डले परीक्षा केन्द्रसमेत निर्धारण गरेको छ। बोर्डले आज सूचना जारी गर्दै यसको जानकारी दिएको हो। राष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो।
