काठमाण्डौं। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।
भारतीय समयअनुसार मंगलबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।
भारतको दाबीअनुसार यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ। पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको खबर छ ।
