Comments Add Comment

तनहुँमा पेस्तोलसहित दुई युवा पक्राउ

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनीटारबाट बिहीबार पेस्तोलसहित दुई युवा पक्राउ परेका छन्।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७, गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासीको बर्दघाट सुस्ताको गैँडाकोट नगरपालिका–१२, हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन्। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो।

उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ