Comments Add Comment

सुनको मूल्य तोलामा ७ सयले वृद्धि, चाँदी यथावत

काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। 

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो। 

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो। बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ