Comments Add Comment

विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट संन्यास

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन्।

इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यास लिएपछि भारतीय टोलीले युवा खेलाडीमा भर पर्नु पर्नेछ। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ। कोहलीले यसअघि नै टी २० बाट संन्यास लिएका थिए। अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ