Comments Add Comment

एमबाप्पेको दुई गोलले रियलको जित

काठमाण्डौं। किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल मड्रिडले स्पेनिस ला लिगमा आइतबार सेल्टाभिगोविरुद्ध ३(२ को रोमाञ्चक जित निकाल्दै लिग लिडर बार्सिलोनासँगको अंक दूरी घटाएर चारमा पुर्याएको छ । जितसँगै दोस्रो स्थानको रियालले ३४ खेलबाट ७५ अंक जोडेको छ । बार्सिलोनको समान खेलबाट ७९ अंक छ । यता पराजित सेल्टा भिगो ३४ खेलबाट ४६ अंकका साथ सातौं स्थानमा छ ।

सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन एमबाप्पेले दुई तथा आर्दा गुलरले एक गोल गरे । सेल्टा भिगोका लागि जाभी रोड्रिग्वेज र विलियट स्वेडबर्गले गोल फर्काए । खेलको ३३औं मिनेटमा गुलरको गोलमार्फत रियालले अग्रता लिएको थियो । ६ मिनेटपछि नै एमबाप्पे टोलीको अग्रता दोब्बर बनाए । एमबाप्पेले ४८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियालको अग्रता ३-० मा पुग्यो ।

रोड्रिग्वेजले ६९ र स्वेडबर्गले ७९औं मिनेटमा गोल गर्दै सेल्टा भिगोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ