काठमाण्डौं। नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा पेश भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विरोध गरिरहेको छ। ओलीले आज नीति तथा कार्यक्रमको पक्षपोषणा गर्न आफ्ना सांसदलाई सरकारको नीति तथा कार्यक्रमको पक्षमा बोल्न निर्देशन दिने तयारी गरेका छन्।
