Comments Add Comment

सुनको भाउ १ लाख ९१ हजार ८ सय रुपैयाँ 

काठमाण्डौं। सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। 

यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। हिजो शनिबार भने सुनचाँदीको भाउ तोकिएन। 

आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ