Comments Add Comment

सहकारीलाई ठगी आरोपमा एमालेका नेता पक्राउ

काठमाण्डौं। सहकारीलाई ठगी गरेको आरोपमा एमालेका एक नेता पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एमालेका नेता कृष्ण अर्याललाई सोह्रखुट्टेबाट पक्राउ गरेको प्रवक्ता, एसपी काजीकुमार आचार्यले बताए। 

अर्याल नेकपा एमालेको उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटिका इन्चार्ज हुन्। काठमाडौँको दिगो पर्यटन सहकारी संस्थाबाट कर्जा लिएर नतिरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र बिगो तिराउने फैसला गरेको थियो। 

सहकारीले कर्जा रकम दिलाइ पाउँ भन्दै प्रहरीमा जाहेरी दिएको थियो। २०७४ साल जेठमै सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ लिएका अर्याल अट्टेर गर्दै बसिरहेका थिए। 

सहकारीले पटक पटक ताकेता गर्दा पनि नतिरेपछि यो मुद्दा अदालत पुगेको अदालतले उनलाई दोषि ठहर गर्दै एक वर्ष कैद र बिगो बापतको साढे ११ लाख रुपैयाँ भराउने फैसला गरेको थियो। 

जिल्ला अदालत काठमाडौँले २०८० असारमा उक्त फैसला गरे पनि अर्यालले ब्इाज समेत भुक्तान गर्न अट्टेर गरेर बसेका थिए। उनलाई सजाय भुक्तानका लागि आजै पठाउने पनि आचार्यले बताए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ