Comments Add Comment

गौशालामा फिल्मी दृश्य: गोकर्णेश्वर यातायातले दियो सात सवारीलाई ठक्कर !

काठमाडौँ । गौशाला, पिंगलास्थानमा बुधबार एक यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकमा गुडिरहेका मोटरसाइकल लगायतका अन्य सातवटा सवारीसाधनलाई ठक्कर दिएको छ ।

तीनकुनेबाट एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले बसको ठक्करबाट ३ जना घाइते भएको जानकारी दिएको छ ।

बस अनियन्त्रित भएर ठोक्किने क्रममा घाइते हुनेहरुमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् ।

राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।

गोकर्णेश्वर यातायातका बस चालक फरार भएका छन् । सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ