Comments Add Comment

एकाएक फेरिँदैछन् मधेशमा सीके राउतका मन्त्री, किन होला?

काठमाण्डौं। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस सरकारका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ।

वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलाई फिर्ता बोलाएर वन मन्त्रालयमा सञ्जयकुमार यादव र उद्योगमा वसन्त कुसवाहलाई पठाउने निर्णय भएको पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले बताए।

‘उहाँहरूको कामको समीक्षा भयो, एक वर्ष मन्त्रालयमा रहनुभयो,’ उनले भने, ‘मधेस संसदीय दलको सहमतिमै केन्द्रले मन्त्री हेरफेर गर्न सहमति दिएको हो।’

मधेस प्रदेशमा जनमतका १३ जना सांसद छन् भने जनमतकै सतिश सिंहले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ