Comments Add Comment

आयल नियमद्वारा मध्यरातमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शनिबार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

अर्कोतर्फ, निगमले हवाई इन्धनको मूल्य घटाएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ  र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर  एक सय ४० रुपैयाँ ५० पैसा, एक सय ४२ रुपैयाँ र एक सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ।
आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय १८ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा सात सय २१ र भैरहवामा सात सय ६ तोकेको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्टिकरण दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ