ठुलो बाढी आयो
म जोगिएँ।
ठुलो भूकम्प आयो
म बाँचे।
महाको डडेलो लाग्यो
मलाई तातोसम्म लागेन।
मेरो आँगनमै चट्याङ खस्दा
म तर्सिएन ।
घरमा
हैजा आयो
दादुरा आयो
औलो आयो
कोरोना आयो
जे जे आयो मदेखि डरायो।
किनकि
मसँग मेरा बा थिए ।
आज
पानी पर्दा डराउँछु
आकास गड्किदा कराउँछु
सम्झन्छु भविष्य हराउँछु।
रित्तिदै गरेको
चामलको थैलाको आवाजले तर्सिन्छु
नुन हाल्ने ग्यालिनको आवाजले तर्सिन्छु
कैले बादलझैं मडारिन्छु
कैले बर्षाझैं बर्षिन्छु
जुन दिनदेखि म बा भएँ ।
