Comments Add Comment

सरोज संगमको शब्दमा बबिनाको स्वरमा 'कदर भएन' सार्वजनिक !

काठमाण्डौ । सरोज संगम रावलको शब्दमा उदीयमान गायिका एवम् संगीतकार बबिना भट्टराईको संगीत एवम् आवाजमा 'कदर भएन' सार्वजनिक भएको छ ।

 गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो पटक चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत गीत सार्वजनिक गभएको हो । गजलको भिडियोमा बबिना आफैं फिचर्ड छिन् ।

गजलको एरेन्ज किरण कँडेलले गरेका छन्, गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका हुन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको यस गजलको रेकर्ड, मिक्सिङ र मास्टरिङ शम्भुकुमार तण्डुकारको रहेको छ । गजलको भिडियो ए.जे. अजुको निर्देशन र छायाकंनमा निर्माण भएको छ । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् । गायिका तथा संगीतका बबिना भट्टराई बाद्यवादन समुहसँग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति दिएको छ । बबिना आफै फिचर्ड भएकी भिडियोमा यमुना पाण्डेले श्रृङ्गार सहित उपेन्द्र लिम्वु किबोर्ड, दिपक सापकोटा तवला तथा जय वि.क.गितार मा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको ढुकढुकी बनेकी बबिना संगीत क्षेत्रबाट चुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीत क्षेत्रमा यात्रारत् छिन् । उनका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजन बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजन सार्वजनिक हुदै आएका छन् ।

उ अका महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजन सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ