त्रिभुवन विश्वविद्यालयले २०६७ सालदेखि अध्ययन अध्यापन गर्दै आएको प्रवीणता प्रमाणपत्र तह फेजआउट गर्ने निर्णय गर्यो । त्रिविले प्रवीणता प्रमाणपत्र तह फेजआउट गरेपछि सोही सरहको दश जोड दुईको अध्ययन गर्ने गराउँने एकल जिम्मेवारी उच्च माध्यमिक शिक्षा परिषदले पायो । वा सरकारले त्रिविको प्रविणता प्रमाणपत्र सरहको शिक्षाको एकाधिकार उच्च माध्यमिकलाई दियो । दशजोड दुई अध्ययन पूरा गरेपछि मात्रै त्रिविमा स्नातकमा उच्च शिक्षाका लागि प्रवेश पाउँने वातावरण बन्यो । त्रिविले स्नातकभन्दा माथि मात्रै उच्च शिक्ष्को अध्ययन गराउने भयो ।
त्रिविमा यसअघि स्नातकमा सबै संकायमा तीन वर्षे शिक्षा प्रणाली थियो क्रमश सबै संकायले विदेशीको सिको गर्दै चारवर्षे शिक्षा प्रणाली बनाउन थाले व्यवस्थापन, विज्ञान संकाय अलि पहिले देखि चारवर्षे शिक्षा पणालीमा गइसकेका थिए भने शिक्षा संकायले २०७२ सालबाट चार वर्षे शि प्रणाली लागु गरेको छ ।
सबै भन्दा प छाडि चारवर्षे सुरु गरेको मानविकी संकायले भने २०७६ बाट चारवर्षे प्रणाली लागु गरेको हो । त्रिविको शिषा प्रणालीमा एकवर्षे लाई पाँचवर्ष, दुईवर्षेलाई ६ वर्ष, तीन वर्षेलाई ७ वर्ष र चार वर्षेलाई ८ वर्षमा पास गरी सक्नु पर्छ । अहिलेको विद्याथीको मूल समस्या भनेको मानविकी संकायको स्नातक तह तीन वर्षेको आँशिक परीक्षार्थीको परीक्षा वर्ष २०८०को परीक्षा यही चैत्र २० गतेबाट हुने परीक्षा तालिका जारी गरीएिको थियो । त्रिविको यस अघिको अभ्यास भनेको विद्यार्थी संख्या कम भएका सबैलाई पायक पर्नेगरी तत्कालीन विकासक्षेत्रमा वर्तमान अवस्थामा प्रदेशमा एउटा क्याम्पसमा परीक्षा केन्द्र तोक्ने गरिन्थ्यो ।
तीनवर्षे स्नातक पहिलो वर्षको परीक्षा केन्द्र आज तोकिएको छ भने मुलुकभरको परीक्षा केन्द्र काठमाडौको महेन्द्र रत्न क्याम्पस ताहाचलमा तोकिएको छ । मुलुकको पूर्वको ताप्लेजुङ देखि पश्चिमको र्दाचुला र उच्च हिमालको हुम्ला, डोल्पाबाट विद्यार्थी आउनुपर्ने हुन्छ ।
यो परीक्षा दिनका लागि मात्रै काठमाण्डौ आउनुपर्ने सकस हटाईदिन परीक्षार्थिको माग रहेको छ । उनीहरुलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र गरियोस भन्ने उनीहरुको आवाज रहेको छ ।
त्रिविको यो नत मौका परीक्षा नै हो । यो त भर्ना भएका विद्यार्थीले नियमित आँसिकमा परीक्षा दिन पाउँने मौलिक हकभित्र पर्दछ । त्रिविले जे मन लाग्यो त्यही गर्दै आएको छ । फेरी परीक्षा तालिका जारी गरी सकेपछि एक हप्ता छुट भएका विद्याथीृको लागि परीक्षार्थीको दोब्बर दस्तुरमा परीक्षा फारम भराउँने व्यवस्था हुनुपर्नेमा उक्त प्रावधानको समेत व्यवस्था नगरी परीक्षा फारम र परीक्षा तालिका एकैसाथ खोली विद्यार्थीले पाउँने अधिकारबाट बञ्चित गरिएको छ ।
त्रिवि मानविकी संकायको तीनवर्षे प्रणालीको परीक्षाको २०७३ सालमा भर्ना भएर २०७४ सालमा पहिलो वर्ष परीक्षा दिएकालाई अन्तिम वर्ष हुनेछ भनिएको छ । यस अनुसार तीन वर्षे स्नातकको २०७५ मा अन्तिम भर्ना भएको थियो । यसले सात वर्ष परीक्षा चलाउनु पर्छ सो परीक्षा २०८२ मा अन्तिम हुन्छ ।
अहिले नै विद्यार्थीलाई केन्दीकृत परीक्षा केन्द्र बनाउँने त्रिविको परीक्षा प्रणालीको हेक्का नभएका त्रिविका परीक्षाका संयोजक प्राडा केदार रिजाल परीक्षा नियमावली अनुसार चलुन् र त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीको त्रिवि पनिकाको मनपरतिन्त्रलाई रोकी परीक्षा सही ढङ्गले चलाउँन निर्देशन दिउन् ।
स्मरण होस् त्रिविको परीक्षा वर्ष २०७८को शिक्षाशास्त्र संकायको र विज्ञान संकायको परिक्षाको नतिजा आउँनेबेला उत्तरपुस्तिका हराएको थियो । नतिजाको आशा गरेका विद्यार्थिलाई पुनः परीक्षाको अरु के हुन सक्छ ? दिलाउन लाइइोको थियो । यो भन्दा गैरजिम्मेवार के हुन सक्छ ? त्रिवि पनि आरोपमा त्रिविका पूर्व रजिस्टार चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन भएको छानविन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशी लगायत सह परीक्षा नियन्त्रक र संलग्न कर्र्मचारीलाई निलम्वनको सिफारिस गरेको थियो । सत्ताको आशिर्वादमा जोशी लगायतले पदको बचाउ गरिरहेका छन् ।
मुलुकभरका विद्यार्थीको एउटै गुनासो रहेको छ । आज हामी र्दाचुलाबाट र हुम्ला र ताप्लेजुंगबाट कसरी काठमाडौ परीक्षा दिन जान सक्छौ. ? हाम्रो परीक्षा छुट्ने भयो राजधानीमा परीक्षा केन्द्र भएका कारण भनिरहेका छन् ।
