Comments Add Comment

गोदावरी नगरपालिकाद्वारा पहिरो नियन्त्रणमा यस्तो प्रयास

काठमाण्डौ । गोदावरी नगरपालिकाले पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी मेयर गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा गोदावरी नगरपालिका २ नं वडाका वडा अध्यक्ष मनोहर सिलवाल, कार्यपालिका सदस्य रीता पुकुंटी मिजार, वडा सदस्य रमेश बिष्ट, कर्ण तामाङ्ग, शोभा बानिया बुढाथोकी, वडा सचिव रोशन कुमार झा, फोकल पर्सन किरण बज्राचार्य, वडाका पुर्व वडा अध्यक्ष, बिद्यालयका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिती थियो । कार्यक्रममा मेयर गजेन्द्र महर्जनले प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक समाधान नै अन्तराष्ट्रिय स्तरमा बढी प्रभाबकारी देखिएको बताउनु भयो । उहाँले यस स्थानमा जैबिक प्रबिधि मार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएका कारण पालिकाको अन्य क्षेत्रमा समेत यस्को प्रयोग बिस्तार गरिदै जाने कुरा उल्लेख गर्नु भयो । वडा नं २ का वडा अध्यक्ष मनोहर सिलवालले भेटिभर प्रबिधि अन्तराष्ट्रिय स्तरमा समेत निकै प्रभाबकारी सिद्ध भएको प्रबिधि हुँदा यसले प्रभाबारी कार्य गर्ने उल्लेख गर्नु भयो । उहाँले सयुक्त राष्ट्रसंघले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिकी प्रणाली पुन स्थापनाको दशकको रुपमा घोषणा गरेको र पारिस्थितिकी प्रणाली पुन स्थापनामा भेटिभर बनस्पतिको धेरै ठुलो महत्व र योगदान रहेको कुरा बताउनु भयो । उहाँले गोदावरी नगरपालिकाले बातावरण संरक्षणको क्षेत्रमा धेरै महत्वपुर्ण कार्यगर्दै आएको कुरा उल्लेख गर्दै यस पालिका हरित पुर्वाधार तर्फ अग्रसर रहेको बताउनु भयो । उहाँले हरित पुर्वाधारको कार्यसँग नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित हुन सक्ने कुरा उल्लेख गर्नु भयो । गोदावरी नगरपालिकाले भेटिभर नेपालको प्राबिधिक सहयोगमा स्याम्पल प्रोजेक्टको रुपमा उक्त पहिरो नियन्त्रणको कार्यको शुभारम्भ गरेको हो । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा पहिरोको प्रकोप बढदै गएको छ । अघिल्लो बर्षको अत्याधिक बर्षाका कारण ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षती भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ