काठमाण्डौं। नेकपा माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई आदेश दिएको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा। मनोजकुमार शर्मा र डा। कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई उत्प्रेषणको आदेश दिँदै खारेज गरेको छ।
माओवादी सशस्त्र विद्रोहको समयमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा सजाय माग गर्दै अधिकारकर्मी कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।
प्रहरीले अनुसन्धान गर्न लागेको मुद्दामा मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
