Comments Add Comment

च्यासलमा जारी छ एमालेको सचिवालय बैठक

काठमाण्डौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा सदस्यहरुको सुझाव मागिने बताइएको छ । त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । आजको बैठकले निलम्बनमा परेका एमाले नेत्रृहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई फुकुवा गर्ने सम्भावना छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ