Comments Add Comment

जनताले दिएन १२ महिनादेखि तलब, कार्यालयमा तालाबन्दी !

काठमाडौं । १२ महिनादेखि तलब नपाएको भन्दै जनता टेलिभिजनमा कार्यरत कर्मचारीले तालबन्दी गरेका छन् । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित टेलिभिजनले १२ महिनादेखि कर्मचारीहरुलाई तलब नदिएपछि बुधबारबाट तालाबन्दी गरिएको हो ।

विभिन्न मागसहित कार्यरत कर्मचारीले हड्ताल शुरु गरेका हुन् । लामो समयदेखि आश्वासन मात्रै खाएर बाँच्न नसकिएको भन्दै त्यहाँ कर्मचारीहरु आन्दोलित भएका हुन् ।

आजबाट उनीहरुले नियमित प्रसारण हुने बुलेटिन कटौति गर्ने, रिपोर्टिङमा नजाने, शतप्रतिशत समाचार नपठाउने, अन्तर्वार्ता रोक्ने लगायत कठोर निर्णय गरेका छन् ।

टेलिभिजन कार्यालयमा श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले व्यवस्थापनलाई आजै सबैको पारिश्रमिक भुक्तानी गर्न अपीप गरेका छन् । भुक्तानी नपाए कडाखालका कार्यक्रम सहित आन्दोलन चर्काउन पत्रकार एवम् कर्मचारीवर्गलाई अनुरोध गरेका छन् ।व्यवस्थापक विजय पौडेललाई तत्काल यो समस्याको हल गर्न जैसीले दबाब दिए ।

जवाफमा व्यवस्थापक पौडेलले कर्मचारीको तलब भुक्तानीका लागि हल जनता टेलिभिजन रकम जुटाउन लागिरहेको बताएका छन् ।

तर यस्ता झुट्टा आश्वासन व्यवस्थापनबाट धेरै चोटी आएको तर अहिलेसम्म हल नहुँदा बाध्यताबश आन्दोलित हुनु परेको अध्यक्ष जैसीको भनाइ थियो । यसअघि तलब नपाएपछि त्यहाँबाट धेरै कर्मचारी बिदा भइसकेका छन् ।

बाहिरिएका केही कर्मचारीले प्रेस काउन्सिल, सूचना विभाग, श्रमजीवी–पत्रकार संघ, नेपालमा मुद्धा दर्ता गराएका छन् । सर्वसाधारणहरुबाट शेयर उठाएर सञ्चालनमा आएको टेलिभिजनमा सामाग्री खरिदमा अनियमितता भएको हुनसक्ने, माथिल्लो तहका कर्मचारीहरुले बिना काम तलब, गाडी, इन्धन सुविधा लिएको भन्दै शेयर सदस्यहरु रुष्ट बनेका छन् ।

कम्पनी टाँट पल्टिने अवस्था आएको भन्दै शेयर सदस्यहरुले अनियमितता भएकोबारे छानबिन हुनुपर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ