Comments Add Comment

नेपाल र हङकङबीच गोलरहित बराबरी

काठमाण्डौं। एएफसी एसियन कप छनोट अघि नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। 

बिहीबार हङकङ स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। पहिलो हाफमा घरेलु टोली हङकङले नेपालविरुद्ध दबाब बनाएपनि गोल गर्न भने सकेको छैन। दोस्रो हाफमा नेपालले केही अवसर सृजना गरेपनि गोल गर्न भने सकेन। 

इन्ज्युरी समयको तेस्रो मिनेटमा नेपाल १० खेलाडीमा सिमित हुन पुग्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मनि कुमार लामा दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको हो। 

हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट लाओस जानेछ। एसियन छनोटमा नेपाल र लाओस मंगलबार भिड्नेछन्।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ