Comments Add Comment

गृहमन्त्रीविरुद्ध कडारूपमा प्रस्तुत हुने रणनीतिमा रास्वपा

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिको सदनमा गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने बताएको छ । तर, गृहमन्त्रीले जवाफ दिनुभन्दा अगाडि आफूले प्रश्न सोध्न पाउनुपर्ने पार्टीको शर्त छ। आज संसदीय दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताए ।

उनले भने, ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो । सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन । हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनौं। प्रश्न सोध्न पाउनुपर्छ । उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने ।’ उनले गत वर्ष २२ वटा वैठकसम्म दुई महिना तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको सम्झिए । ‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो । तर, हामी त्यस्तो गर्दैनौं । हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं ।’

कांग्रेस पदाधिकारी वैठकले लेखकलाई क्लीन चिट दिन खोजेको भन्दै रास्वपाले आपत्ति जनाएको छ । झाले भने, ‘अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने रु कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट दिन पाउँछ? अनुसन्धानमा सघाउनुपर्ने होइन ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ