Comments Add Comment

बिहिबार कति छ डलरको भाउ ? यस्तो छ आजको विनिमयदर

काठमाण्डौं। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो। आज युरो १ को खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा छ।

हिजो युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो। त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा थियो। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा छ।

हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा थियो। त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ