Comments Add Comment

साताको पहिलो दिन ३.४४ अंकले घट्यो नेप्से परिसूचक

काठमाण्डौं। नेप्से परिसूचक साताको पहिलो दिन अर्थात आइतबार घटेको छ। नेप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको छ।

बुधबार नौ अर्ब ३७ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब २४ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड रूपैयाँ कमी आएको हो। आज ३२२ वटा धितोपत्रको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको हो। आइतबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ।

आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ भने अपर सोलु हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बढेको छ। आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६२१ रूपैयाँ ९० पैसामा झरेको छ।

यस्तै, रिभर फल्स पावरको मूल्य ७.५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९३ रूपैयाँ ०७ पैसा कायम भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ