Comments Add Comment

अवतरण गराउनासाथ विमान चालक अरमानको मृत्यु

नयाँ दिल्ली । विमान अवतरण गराए लगत्तै एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराएपछि अन्य औपचारिकता पूरा गरिरहेको समयमा पाइलट अरमानको मृत्यु भएको हो । 

केही समय अघिदेखि पाइलट अरमानले असजिलो महसुस गरेका थिए ।

 

केही बेरमै उनी बेहोस भएर ढलेको बताइएको छ । उनलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

 

सहकर्मीका अनुसार पाइलट अरमानले ककपिटमै बान्ता समेत गरेका थिए । 

एयर इन्डिया एक्सप्रेसले भने अनावश्यक अड्कलवाजी नगर्न आग्रह गर्दै पाइलट अरमानको निधनमा गहिरो दुःख प्रकट गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ