Comments Add Comment

हिंसा, तोडफोड र आगजनीका नाइके प्रसाईद्वारा आत्मसमर्पण

काठमाडौँ । राजावादी आन्दोलनको नाममा चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।

यद्यपि दुर्गा प्रसाईंको सचिवालयले भने उनले आत्मसमपर्ण गरेको बताएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दाबी गरेको हो ।

‘अहिले २ घण्टा अगाडी हाम्रो अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षा ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौं भनेका थियौँ र आज उपस्थित भयौं,’ सचिवालयले उल्लेख गरेको छ ।

हिन्दू राष्ट्र र राजतन्त्रको आवरणमा गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसा, तोडफोड, आगजनीका मुख्य नाइके प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरी खटिएको थियो । धवल शमसेर राणा, रविन्द्र मिश्र लगायतलाई पक्राउ गरि अनुसन्धान चलिरहेको छ भने प्रसाईं प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर निषेधित क्षेत्र तोडी फरार भएका थिए । 

चैत १५ को हिंसात्मक प्रदर्शनमा सवीन महर्जन र सुरेश रजक दुईको ज्यान गएको थियो । अन्नपूर्ण मिडिया नेटवर्क, कान्तिपुर मिडिया ग्रुपको भवनमा तोडफोड एवम् आगजनी गरिएको थियो भने जडिबुटी प्रशोधन कम्पनी लिमिटेड, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा समेत तोडफोड, आगजनी  गरिएको थियो भने भाटभटेनी सुपरमार्केटमा तोडफोड एवम् लुटपाट गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ