Comments Add Comment

राप्रपाका वरिष्ठ नेता एवम् पूर्व मन्त्री दीपक बोहोराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । 

काठमाडौँ, चावहिल स्थित ओम अस्पतालमा उपचारका क्रममा मंगलबार (चैत १९) उनको निधन भएको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बोहोराको निधनबारे जानकारी गराएका छन् ।

बोहोराले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ बाट काँग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोचोटि बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा पनि संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका बोहोरा त्यसपछि विस्तारै राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ