Comments Add Comment

प्रधानमन्त्रीकपमा ललित उत्कृष्ट, अर्जुन बेस्ट ब्याटर एवं तृतराज उदीयमान खेलाडी

काठमाडौं । प्रधानमन्त्रीकप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशी घोषित भएका छन् । शनिबार सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिसका लागि उच्च प्रदर्शन गरेर ललित सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

ललितले प्रतियोगितामा १० खेलमा ४१ विकेट लिएका थिए । उनले ३ खेलमा ६-६ विकेट लिएका भने २ खेलमा ५-५ तथा २ खेलमा ४-४ विकेट लिएका थिए । उनको बेस्ट बलिङ प्रदर्शन सुदूरपश्चिम प्रदेशविरुद्ध ७ ओभरमा १५ रन दिएर ६ विकेट थियो । उनको इकोनोमी २.७५ को मात्र रह्‍यो भने उत्कृष्ट बलर पनि ललित नै घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भएका छन्। उनको टोलीले २ जितसहित नवौं स्थानमा फिनिस गरेपनि उनले प्रतियोगितामा सर्वाधिक रन बनाए ।

उनले ९ खेलमा १ शतक र २ अर्धशतकसहित ३७४ रन बनाउन सके । ४१.५५ को औसतमा ब्याटिङ गरेका उनले मधेश प्रदेशविरुद्ध शतक बनाएका थिए ।

त्रिभुवन आर्मी क्लबका तृतराज दास उदीयमान खेलाडी घोषित भएका छन् । उनले १० खेलमा १ शतकसहित ३६५ रन बनाएर उदीयमान खेलाडीको उपाधी हात पार्न सफल भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ