Comments Add Comment

उपनिर्वाचन : मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको अपिल

काठमाण्डौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेको छ । यसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको हो ।

२०७९ सालमा सम्पन्न भएको विभिन्न तहका निर्वाचनपछि विभिन्न कारणले केही पदहरू रिक्त हुन गएका छन् । सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको हुँदा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० को खण्ड ९२० मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ ।’

आयोगका पदाधिकारीहरूले निर्वाचन गर्ने बारे गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।  रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । 

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं।३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं।१ ९२० रिक्त रहेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त भएको हो । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ