Comments Add Comment

रड हानेर ९० वर्षीय दिलबहादुरले गरे श्रीमतीको हत्या

नवलपरासी । पूर्व नवलपुरको देवचुली नगरपालिका-३ आम्बासका ९० वर्षीय दिलबहादुर थापाले श्रीमतीको हत्या गरेका छन्।

९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरेका हुन् ।
थापाले रडले हानी श्रीमती जमुनाको हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले बताए।

दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा दिलबहादुरले फलामको रड श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। जमुनाको घटनास्थलमै गम्भीर चोटका कारण मृत्यु भएको नेपालले बताए।


घटना बुधबार राति करिब ९ बजे भएको प्रहरीले जनाएको छ। हत्यापछि फारार भएका दिलबहादुरलाई केही समयमै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी नायब उपरीक्षक नेपालले भने-दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ