Comments Add Comment

डीआईजी घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाण्डौं। नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।

सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह–प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ