काठमाण्डौ । भायोनेट कम्युनिकेसनमा जागिरको अवसर खुलेको छ। कम्पनीले नेपालगञ्ज शाखा कार्यालयका लागि शाखा प्रबन्धक माग गरेको छ। आवेदकले व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भायोनेट कम्युनिकेसनले बताएको छ। साथै, बिक्री प्रबन्धक वा प्रबन्धकको रूपमा २ देखि ४ वर्षको अनुभव भएको हुनु पर्ने समेत शर्त अघि सारेको छ। इच्छुकले जेठ २४ गतेसम्म आवेदन दिन सक्ने जारी सूचनामा छ ।
